News Griha :: न्यूजगृह
प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित, शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

काठमाडौं— प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएको छ । हारले आर्सनललाई शीर्ष स्थानमा उक्लन बाट बञ्चित गर्‍यो ।

वेष्टहमले प्रिमियर लिगमा आर्सनलमाथि लगातार तेस्रो पटक जित निकालेको हो । वेष्टहमका लागि थोमस साउसेकले १३औं मिनेटमा गरेका थिए अर्को गोल मोन्स्टानटिनोस माभरोपानोसले ५५औं मिनेटमा गरे ।

आर्सनलले दबाब दिए पनि गोल फर्काउन सकेन ।

हारपछि मिकेट आर्टेटाको टोली १९ खेलबाट ४० अङ्कसहित दोस्रो स्थानमै छ । जुन शीर्ष स्थानको लिभरपुल भन्दा २ अङ्कले पछि हो । जितपछि ३३ अङ्क जोडेको वेष्टहम भने छैटौँ स्थानमा उक्लेको छ ।

अर्को खेलमा ब्राइटनले टोटनहमलाई ४-२ ले हरायो । जितपछि ब्राइटन १९ खेलबाट ३० अङ्क जोडेर आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ३६ अङ्क रहेको टोटनहम पाँचौ स्थानमै छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:०९
Weather Update