सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ किनबेच?
काठमाडौं— एकैदिन एक हजार तीन सय रुपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रुपैयाँ कायम गरिएको छ ।
यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो । सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १२:१८