News Griha :: न्यूजगृह
पहिचान खुलाउन खोज्नेविरुद्ध 'गौशाला २६'ले दिइन साइबर ब्युरोमा जाहेरी
पहिचान खुलाउन खोज्नेविरुद्ध 'गौशाला २६'ले दिइन साइबर ब्युरोमा जाहेरी बलात्कारी सन्दीप लामिछानेबाट पीडित युवती भन्दै पहिचान खुलाउने खोज्नेविरुद्ध प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ ।गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो । 
सन्दीपबाट बलात्कृत गौशाला २६ भन्दै पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित
सन्दीपबाट बलात्कृत गौशाला २६ भन्दै पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित बलात्कारी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन् ।रास्वपाले चितवनका दिवस सापकोटालाई निलम्बन गरेको हो। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ । सापकोटा रास्वपाको प्रवास नेपाली...
टीआरसी विधेयक पारित गर्न सहमति नजिक छौं, मैले गोल हान्छु : मन्त्री गुरुङ
टीआरसी विधेयक पारित गर्न सहमति नजिक छौं, मैले गोल हान्छु : मन्त्री गुरुङ बर्तौलाले ‘फकफकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टाको शैलीमा भनेपछि मन्त्री गुरुङले जवाफ दिदै भने,‘अन्तिमसम्म प्रयास गरौँ । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’
हत्या र यौन हिंसाका आरोपित बम्जनविरुद्ध सर्लाही अदालतमा सुनुवाइ जारी 
हत्या र यौन हिंसाका आरोपित बम्जनविरुद्ध सर्लाही अदालतमा सुनुवाइ जारी  हत्या र यौन हिंसाका आरोपित रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। जिल्ला न्यायाधीश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्ध थुनछेक बहस जारी छ ।
वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ बनाउन प्रधानमन्त्रीको निर्देशन 
वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ बनाउन प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीसँग छलफलमा गर्दै प्रधानमन्त्री दाहालले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको...
बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो
बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।
चिसो छेक्न बालेको आगो ब्लाङकेटमा सल्किएपछि...
चिसो छेक्न बालेको आगो ब्लाङकेटमा सल्किएपछि... बुधबार दिउँसो साढे तिन बजे घाइते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।
क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन
क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन क्यानले विज्ञप्तिमा भनेको छ, 'राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरेको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ ।' 
अलैँचीको मूल्य उत्साहजनक वृद्धि, प्रतिमन ८० हजार
अलैँचीको मूल्य उत्साहजनक वृद्धि, प्रतिमन ८० हजार कोशीका पहाडी जिल्लाको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रुपमा बढेको छ । अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो ।
अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने बेञ्जु पक्राउ 
अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने बेञ्जु पक्राउ  अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार लिएर फरार भएकी महिलालाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका—६ चपली बस्ने ३४ वर्षीया बेञ्जु महत छिन् । 
कैलालीमा मोटरसाइकल दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
यो वर्ष बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान
यो वर्ष बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको हो...
Weather Update