News Griha :: न्यूजगृह
चिसो छेक्न बालेको आगो ब्लाङकेटमा सल्किएपछि...

बर्दिया— बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ वर्षीया सोहनी थारूको जलेर मृत्यु भएको हो ।

सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालिएको आगोले सोहनीले अ‍ेढेको ब्लाङकेटमा सल्किएपछि घाइते भएकी थिइन् ।

बुधबार दिउँसो साढे तिन बजे घाइते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:३०
Weather Update