News Griha :: न्यूजगृह
कैलालीमा मोटरसाइकल दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु

काठमाडौं—  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मोटरसाइलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सिना ढकालको मृत्यु भएको हो । मोटरसाइलसहित उनीहरूलाई सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा प्रहरी उद्धार गरेको थियो ।

अछामबाट बर्दियाको भुरिगाउँ जाने क्रममा उनीहरू दुर्घटनामा परेका थिए । 

नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । उनीहरूको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:२७
Weather Update