News Griha :: न्यूजगृह
हत्या र यौन हिंसाका आरोपित बम्जनविरुद्ध सर्लाही अदालतमा सुनुवाइ जारी 
तस्बिरः विश्वनाथ ठाकुर/रासस

काठमाडौं— हत्या र यौन हिंसाका आरोपित रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा थुनछेक बहस सुरु भएको छ । 

जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। जिल्ला न्यायाधीश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्ध थुनछेक बहस जारी छ ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई बुधबार काठमाडौंमा सार्वजनिक गरेर प्रहरीले सर्लाही लगेको हो । 

rambahadur-bomjan-1-1704959348.jpg

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:३५
Weather Update