बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो

काठमाडौं— अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।
अदालत खुल्ने बित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनीविरुद्ध थुनछेक बहस हुनेछ ।
सीआईबीले मंगलबार साँझ बम्जनलाई काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १२:३७