अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने बेञ्जु पक्राउ

काठमाडौं— अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार लिएर फरार भएकी महिलालाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका—६ चपली बस्ने ३४ वर्षीया बेञ्जु महत छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेञ्जुले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने बताएकी थिइन् । रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन थिइन् ।
ठगिएका अमरबहादुरको उजुरीपछि बेञ्जु लाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि उनले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० ०९:४०













