क्रिकेट कप्तान रोहितले छोडे त्रिभुवन आर्मी क्लब

काठमाडौं— नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय गरेका हुन् ।
‘उहाँले अब आर्मीबाट नखेल्ने जानकारी गराउनु भएको छ । करारमा भएका खेलाडीले भएकाले उहाँको यो व्यक्तिगत निर्णय हो’, नेपाली सेना स्रोतले भन्यो । घरेलु क्रिकेट प्रतियोगिता खेल्न चार वर्षअघि रोहित आर्मीमा करारमा आबद्ध भएका थिए ।
रोहित एक वर्षयता राष्ट्रिय टोलीको कप्तान छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १६:१४