News Griha :: न्यूजगृह
अपहरित १० वर्षीय बालकको उद्धार, तीनजना पक्राउ
अपहरित १० वर्षीय बालकको उद्धार, तीनजना पक्राउ अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
तराईमा बाक्लो हुस्सु, हवाई सेवा प्रभावित हुनसक्ने
तराईमा बाक्लो हुस्सु, हवाई सेवा प्रभावित हुनसक्ने हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित...
बलात्कारी सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा
बलात्कारी सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।  उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले जनाएको छ । 
कोशीमा ‘जलन अस्पताल’ निर्माण हुने  
कोशीमा ‘जलन अस्पताल’ निर्माण हुने   अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गरिने समेत...
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन उनले आग्रह गरे । बीमकको माग अनुरूप बजार सुहाउँदो बीमा योजनाहरू निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको उनले जानकारी दिए...
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।उनीबाट १६ लाख ६९ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना समेत भराउन पनि विदेश अदालतले आदेश दिएको छ । विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्रप्रसाद...
पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु
पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु उमेश कुमार र विकास पीचमा थिए । १४औँ ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढले । 
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने
प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
सन्दीप तत्काल जेल जानु नपर्ने, बाहिर बसेरै पुनरावेदन गर्न सक्ने
सन्दीप तत्काल जेल जानु नपर्ने, बाहिर बसेरै पुनरावेदन गर्न सक्ने बलात्कार मुद्दामा दोषी ठहर भएर ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाए पनि सन्दीप लामिछानेले तत्काल कारागारमा बस्नु नपर्ने भएको छ । १० वर्षभन्दा कमको सजाय बाहिरै बसेर लड्न पाउने कानुनी व्यवस्थासँगै सन्दीपलाई कारागार चलान गर्नु नपर्ने भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
सन्दीपले गौशाला-२६ लाई ५ लाख रूपैयाँ क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने
सन्दीपले गौशाला-२६ लाई ५ लाख रूपैयाँ क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले  सन्दीपलाई कैद बाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको हो । सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत...
Weather Update