News Griha :: न्यूजगृह
तराईमा बाक्लो हुस्सु, हवाई सेवा प्रभावित हुनसक्ने

काठमाडौं— हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो । 

चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०६:३३
Weather Update