News Griha :: न्यूजगृह
सन्दीप तत्काल जेल जानु नपर्ने, बाहिर बसेरै पुनरावेदन गर्न सक्ने

काठमाडौं— बलात्कार मुद्दामा दोषी ठहर भएर ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाए पनि सन्दीप लामिछानेले तत्काल कारागारमा बस्नु नपर्ने भएको छ ।

१० वर्षभन्दा कमको सजाय बाहिरै बसेर लड्न पाउने कानुनी व्यवस्थासँगै सन्दीपलाई कारागार चलान गर्नु नपर्ने भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधवार ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

परिवर्तित नाम गौशाला २६ लाई जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:२७
Weather Update