News Griha :: न्यूजगृह
सुर्खेतको पञ्चपुरीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या
सुर्खेतको पञ्चपुरीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या मृतक युवकको शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक युवकको शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका थिए । 
त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने
त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मङ्गलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्छ?
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्छ? आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपाल एअरलाइन्सको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका [सूचनासहित]
नेपाल एअरलाइन्सको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका [सूचनासहित] नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ ।आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो । 
प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन  
प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन   प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ दुवैलाई प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट योजनाअनुसार ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिनाभरि लागू हुनेछ ।
काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार
काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरूले गत पुस २७ गते बलात्कार गरेका हुन् । बलात्कार घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । 
पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा
पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलनकुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको खुलेको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष...
दुई वर्षपछि शेयर बजार उच्च अंकमा, कारोबार ८ अर्ब नाघ्यो
दुई वर्षपछि शेयर बजार उच्च अंकमा, कारोबार ८ अर्ब नाघ्यो नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरूको ब्याजदर घटेको असर शेयर बजारमा परेको हो । १४ कम्पनीको शेयरमा सर्किटस्तरको कारोबार भएको छ । ३०४ कम्पनीमध्ये २१४ को शेयर मूल्य बढेको छ । ३१ कम्पनीको शेयर मूल्यमा गिरावट छ भने २ कम्पनीको शेयर...
चिसो बढेपछि विराटनगर महानगरका विद्यालयमा तीन दिन बिदा
चिसो बढेपछि विराटनगर महानगरका विद्यालयमा तीन दिन बिदा चिसो अत्यधिक बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । दिनभर हुस्सु लाग्ने गरेको छ ।
देउवा धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ सर्दै 
देउवा धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ सर्दै  प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बूढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।
आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित 
आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित  चिकित्सक र कर्मचारीहरूको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरू आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रिफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरू पुग्ने गरेका छन् ।
Weather Update