बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट कसरी जोगाउने ? मंगलबार, माघ २, २०८०

पहाडी भूभागमा वर्षाको सम्भावना मंगलबार, माघ २, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका अतिरिक्त बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मंगलबार, माघ २, २०८० भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । घटाइएको मूल्य मंगलबार बिहान १२ बजेबाट लागू भएको छ ।

टुँडिखेल अपडेट : भागदौडमा घाइते हुने १६ पुगे सोमबार, माघ १, २०८० माघेसङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

टुँडिखेल अपडेटः भीडमा च्यापिएर घाइते हुने प्रहरीसहित ११ जना पुगे, सबैको परिचय खुल्यो सोमबार, माघ १, २०८० काठमाडौंको टुँडिखेलमा आज थारू र मगर समुदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन् । जसमा १ प्रहरी पनि घाइते छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा वर्ष १२ की त्रिसणा मगर, वर्ष १२ कै अञ्जना तामाङ, वर्ष १९ की रेजिना घले, वर्ष १६...

दोलखामा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते सोमबार, माघ १, २०८० सोमबार दिउँसो पौने ३ बजे विगु गाउँपालिका–१ देउरालीमा नासा हाइड्रोपावरका ३५ जना कामदारले काम गरिरहेका बेला माथिबाट सुक्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

भीडमा च्यापिएर टुँडिखेलमा ८ जना घाइते सोमबार, माघ १, २०८० माघेसङ्क्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

अपांगतामैत्री सडक संरचना बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर सोमबार, माघ १, २०८० कानुनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँड्डुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र सुशान्त बिडारीले रिट दर्ता गरेका हुन् । उनीहरू कानुनका विद्यार्थी हुन् ।

पूर्व प्रेमीबाट रकम लिएपछि विवादमा तानिइन् कोरियन अभिनेत्री पार्क सोमबार, माघ १, २०८० फिल्म ‘म्यारी माई हजबेण्ड’ फेम्ड कोरियन अभिनेत्री पार्क मीन योङ विवादमा तानिएकी छन् । कोरियन ट्याबलेट डिस्प्याचले पूर्व प्रेमी काङ जोङ ह्युनबाट पैसा लिएको समाचार प्रकाशन गरेपछि उनी विवादमा तानिएकी हुन् ।

बरहथवा घटना : जयशङ्करलाई गोली हान्ने वरिष्ठ हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस सोमबार, माघ १, २०८० सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए...
![जनताको आशालाई निराशामा परिणत नगरौँ : राष्ट्रपति [भिडिओ]](https://newsgriha.com/uploads/posts/Ram-Chandra-Poudel-1705309096.png)
जनताको आशालाई निराशामा परिणत नगरौँ : राष्ट्रपति [भिडिओ] सोमबार, माघ १, २०८० सोमबार माघेसङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताएका हुन् ।

पप आइकन ब्रिटनी स्पेयर्स गीतसंगीतबाट अलग सोमबार, माघ १, २०८० अमेरिकी गायिका एवम् पप आइकन ब्रिटनी स्पेयर्सले इन्स्टाग्राम र संगीतबाट अलग हुने घोषणा गरेकी छन् । उनको प्रख्यात गीत ‘टक्सिक’ले २० वर्ष पूरा गरेको अवसरमा उनले यस्तो घोषणा गरेकी हुन् ।

मेलम्ची उद्घाटनमा बालेनको व्यंग्य– 'एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार' सोमबार, माघ १, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । बालेनले, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् ।









