News Griha :: न्यूजगृह
राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? 
राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ । आइतबार एक सूचना जारी आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख पचास हजार मात्र खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो । 
न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास
न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएकी हुन् । 
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको अपिल
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको अपिल सत्ता गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि नेताहरूले संयुक्त अपिल जारी गरेका हुन् । 
जेलरसँग बम्जनले भने– अब यतै ‘एडजस्ट’ हुन्छु
जेलरसँग बम्जनले भने– अब यतै ‘एडजस्ट’ हुन्छु बाल यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनले अहिले महोत्तरीस्थित जलेश्वर कारागारमा छन् । सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बम्जन बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन् । बम्जनले कारागारभित्रै योग ध्यान गर्छन् । 
सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज
सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन् । उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडिओ पोस्ट गरेकी छन् ।
युट्युबमा २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’
युट्युबमा २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’ चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि सहरसम्म लोकप्रिय छ। यस गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । 
बुद्ध एअरको स्वामित्व दाबी गर्ने शिवेन्द्र : आधा दर्जन मुद्दाका आरोपित, ठगी र जालसाजीका नाइके ! 
बुद्ध एअरको स्वामित्व दाबी गर्ने शिवेन्द्र : आधा दर्जन मुद्दाका आरोपित, ठगी र जालसाजीका नाइके !  नेपालमा सञ्चालित निजी क्षेत्रमा उदाहरणीय कम्पनी मानिन्छ बुद्ध एअर । बुद्ध एअरले साढे २ दशकदेखि नेपाली आकाशमा उडान भरिरहेको छ । तर पछिल्लो समय भने बुद्ध एअरको स्वामित्वमा विवाद देखापरेको छ । स्वामित्व विवाद सहोदर दाजुभाइबीच हो ।
प्रिमियर लिगमा सिटीको कठिन जित
प्रिमियर लिगमा सिटीको कठिन जित शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तगरले पराजित गरेको हो । सिटीको जितमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गर्दा न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल फर्काएका थिए । 
सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल हुने
सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल हुने सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका छन् । 
१२ जनाको ज्यान जानेगरि दाङमा भएको बस दुर्घटनाको कारण तीव्र गति   
१२ जनाको ज्यान जानेगरि दाङमा भएको बस दुर्घटनाको कारण तीव्र गति    नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति तीव्र गतिमा हुइँकिरहेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ स्थित भालुबाङ बजार पुग्दा पनि बसको गति नियन्त्रण भएन । पुलतर्फ अघि बढेको बस केहीबेरमै पुलको दायाँतर्फको बार भत्काउँदै राप्ती नदी किनारको नहरमा खस्न पुग्यो । बसमा सवार एक...
यौन सम्बन्धको भिडिओ खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ
यौन सम्बन्धको भिडिओ खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ती युवकबाट शोषणमा परेका अनि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको उजुरी प्रहरीमा परेको थियो । त्यसपछि उनीमाथि निगरानी गरिरहेको प्रहरीले विराटनगर आएका बेला पक्राउ गरेको हो । 
यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो
यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो आईसीसी यू-१९ विश्वकपअघिको वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको छ । शनिबार दक्षिण अफ्रिकामा वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउँदा ३ विकेट गुमाएको थियो ।
Weather Update