News Griha :: न्यूजगृह
युट्युबमा २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

काठमाडौं— ‘कुटुमा कुटु’ गीतले युट्युबमा २० करोड भ्यूज प्राप्त गरेको छ । कुनै पनि नेपाली गीत २० करोड क्लबमा प्रवेश गरेको यो पहिलो पटक हो । 

चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि सहरसम्म लोकप्रिय छ। यस गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । 

गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन् । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:४८
Weather Update