News Griha :: न्यूजगृह
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दाङ बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत [विवरणसहित]
दाङ बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत [विवरणसहित] दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको...
डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या?
डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या? डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ । डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरूले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइट प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ । 
आजको मौसम : तराईमा हुस्सु र कुहिरो
आजको मौसम : तराईमा हुस्सु र कुहिरो जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङ केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  
दाङको भालुबाङमा बस दुर्घटना, १२ जनाको मृत्यु
दाङको भालुबाङमा बस दुर्घटना, १२ जनाको मृत्यु भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
‘पप किङ’ माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुटिङ, सन् २०२५ मा रिलिज
‘पप किङ’ माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुटिङ, सन् २०२५ मा रिलिज आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तीब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट...
मन्त्रीका पीए र सल्लाहकारलाई 'कर्मचारी कोटा'मा विदेश भ्रमण जान रोक
मन्त्रीका पीए र सल्लाहकारलाई 'कर्मचारी कोटा'मा विदेश भ्रमण जान रोक सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरूप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरू र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई निर्देशन दिइएको हो ।
जसपाको महाधिवेशन जेठमा, माघ ३ गते मधेस र ५ गते बलिदान दिवस मनाउने निर्णय
जसपाको महाधिवेशन जेठमा, माघ ३ गते मधेस र ५ गते बलिदान दिवस मनाउने निर्णय शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेस दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।
तीन शीर्ष नेतालाई राष्ट्रपतिले दिए तीन सुझाव
तीन शीर्ष नेतालाई राष्ट्रपतिले दिए तीन सुझाव राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतल निवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचन कार्यतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए । 
नेपाल मेडिकल कलेजले खुवाउँछ बासी खाना, विद्यार्थीहरूले सुरु गरे धर्ना 
नेपाल मेडिकल कलेजले खुवाउँछ बासी खाना, विद्यार्थीहरूले सुरु गरे धर्ना  कलेजमा अध्ययन एमबीबीएस २५/२६ ब्याजका विद्यार्थीहरूले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागू गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन हुन् । 
Weather Update