News Griha :: न्यूजगृह
नेपाल मेडिकल कलेजले खुवाउँछ बासी खाना, विद्यार्थीहरूले सुरु गरे धर्ना 

काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबार कलेज परिसरमा धर्ना र प्रदर्शन गरेका छन् ।

कलेजमा अध्ययन एमबीबीएस २५/२६ ब्याजका विद्यार्थीहरूले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागू गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन हुन् । 

विद्यार्थीहरूको माग भनेको मेसमा अखाद्य पदार्थ प्रयोग भएको, क्यान्टिनले उपलब्ध गराएको खाना बासी र गुणस्तरहीन भएको भन्ने छ । उनीहरूले गुणस्तरहीन खाना खुवाउने क्यान्टिन र मेस बन्द गर्न माग गरेका हुन् ।

nepal-mediacl-college-student-2-1705053687.jpg

nepal-mediacl-college-student-1-1705053688.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:०१
Weather Update