भीडमा च्यापिएर टुँडिखेलमा ८ जना घाइते
काठमाडौं— काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा च्यापिएर ८ जना घाइते भएका छन् ।
माघेसङ्क्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुङ्गेलका अनुसार भीडमा च्यापिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरूको अवस्था सामान्य छ ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १७:५८













