News Griha :: न्यूजगृह

काठमाडौं— दोलखामा सुक्खा पहिरो खसेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा विगु गाउँपालिका–१ का २२ वर्षीय कुसङ तामाङ छन् । त्यस्तै विगु गाउँपालिकाकै २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रस्थाङ तामाङ घाइते छन् ।

मृतक र घाइते नासा हाइड्रोपावरका मजदुर हुन् । पहिरोका कारण सडक अवरुद्ध भएपछि घाइतेहरूको उद्धार हुन सकिरहेको छैन ।

हेलिकोप्टर झिकाइए पनि मौसमसमेत प्रतिकूल भएकाले सम्भव नभएको प्रहरीले बताएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र मजदुरहरूले घाइतेको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

सोमबार दिउँसो पौने ३ बजे विगु गाउँपालिका–१ देउरालीमा नासा हाइड्रोपावरका ३५ जना कामदारले काम गरिरहेका बेला माथिबाट सुक्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:१०
Weather Update