News Griha :: न्यूजगृह
अपांगतामैत्री सडक संरचना बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं— अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कानुनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँड्डुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र सुशान्त बिडारीले रिट दर्ता गरेका हुन् । उनीहरू कानुनका विद्यार्थी हुन् ।   

सरकार र सरोकारवाला निकायले कानुनी व्यवस्थाको खिल्ली उडाइ सडक संरचना निर्माण गरेको र उक्त गैरकानुनी तवरबाट बनाइएको भौतिक संरचना तत्काल हटाई पहुँच योग्य निर्माण आवश्यक भएकोले उत्प्रेषण, परमादेश सहितको आदेश माग गरेको रिट दर्ता गर्नेमध्येका विक्रम पोखरेलले बताए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १५:५७
Weather Update