News Griha :: न्यूजगृह
काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं— काभ्रेको पाँचखाल नगरपालिका ७ शिखरपुरमा युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

१९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरूले गत पुस २७ गते बलात्कार गरेका हुन् । बलात्कार घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-८ का २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका-८ का घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका-४ का १९ वर्षका अमर बिक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् ।

चार जनाले जङ्गलमा लगेर संयुक्तरुपमा जबर्जस्ती करणी गरेको पीडितले बताएकी छन् । बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले उद्धार गरेको थियो ।

प्रहरीले उद्धार गरेपछि उनले आफू बलात्कारमा परेको र पीडा सहन नसकेर आत्महत्याको प्रयास गरेको बताएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भाग्यन्द्र पुरुष ढकालले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:५०
Weather Update