News Griha :: न्यूजगृह
सुर्खेतको पञ्चपुरीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

काठमाडौं— सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या भएको पाइएको छ । मंगलबार बिहान मृत फेला परेका पञ्चपुरी नगरपालिका–६ कुवापानीका भरत बुढाको हत्या भएको प्रहरीले जनाएको हो ।

मृतक युवकको शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक युवकको शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका थिए । 

'शरीरमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको अनुसन्धानमा भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले भने, 'शरीरभरि चोट छ, हत्यारालाई चाँडै नै पत्ता लगाउने छौं । मृतक युवकको लाश पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।’

उनका अनुसार थप अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोली पञ्चपुरी पुगेर अनुसन्धान भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०६:३९
Weather Update