News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका [सूचनासहित]

काठमाडौं— नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ ।आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो । 

निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११:२५ मा रहेको उडान अब १७ जनवरी ०८:०५ मा हुने गरी समयतालिका फेरिएको छ । 

त्यस्तै जनवरी १७ मा हुने नारिता-काठमाडौं ११: ०० बजेको उडान बेलुका ०७:१० बजे हुने भएको छ ।

उता १६ जनवरी राति ११ बजे रहेको काठमाडौं-दोहा उडान १८ जनवरी राति १:५० मा हुनेछ। दोहा-काठमाडौंको १७ जनवरी ०३:२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २१:२८
Weather Update