News Griha :: न्यूजगृह
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्छ?

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराई भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने पानी नपर्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए । 'काठमाडौं उपत्यकामा सामान्य बदली रहनेछ । तर वर्षाको सम्भावना भने छैन,' उनले भने । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०६:२४
Weather Update