News Griha :: न्यूजगृह
त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

काठमाडौं— त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मङ्गलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपि जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसबारे विस्तृत जानकारी माघ १० गते  www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ ।

20240116064130-1705395074.png

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०६:३१
Weather Update