News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन  

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ दुवैलाई प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

Prabhu Bank

धरानस्थित प्रतिष्ठान लामो समयदेखि समस्यामा छ । वृत्तिविकासका योजनामा नियमिततासँगै सुविधा माग गर्दै चिकित्सक आन्दोलनमा छन् ।

चिकित्सकको मागलाई व्यवस्थापनले सुनुवाइ नगरेपछि पदाधिकारी गैरजिम्मेवार बनेको भन्दै धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गत आइतबार उपकुलपतिको कार्यकक्षमा ताला नै लगाइदिएका थिए । चिकित्सकको आन्दोलनले त्यहाँको शैक्षिक वातावरणसँगै उपचार सेवा पनि प्रभावित भएको अवस्था छ ।

प्रधानमन्त्री दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररूपमा लिन निर्देशन दिएका हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २०:५३
Weather Update