यूएसएआईडी लोकतान्त्रिक ब्युरो सहायक प्रशासक ग्रीन नेपालमा

काठमाडौं— अमेरिकी सहयोग नियोग यूएसएआईडीकी लोकतन्त्र, मानव अधिकार र शासनसम्बन्धी ब्युरोकी शानोन ग्रीन नेपाल भ्रमणमा आएकी छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार उनी मंगलबार काठमाडौं आइपुगेकी हुन् । उनले नेपाल भ्रमणको क्रममा नेपालका सरकारी अधिकारीहरू, नागरिक समाजका अधिकारीहरू र विभिन्न समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै, उनले नेपालका लोकतान्त्रिक संस्थालाई बलियो बनाउन र आफ्ना नागरिकहरूलाई सशक्त बनाउन गरेको प्रगतिको अवलोकन गर्ने दूतावासले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८० ०७:१४













