काठमाडौंका यी स्थानमा एक साता लोडसेडिङ [तालिकासहित] शनिबार, माघ ६, २०८०

तराईमा हुस्सु र कुहिरो, यी चार प्रदेशमा हिमपात शनिबार, माघ ६, २०८० देशका पहाडी भागमा अहिले आंशिक बदली छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

२९ जना सहसचिवको सरुवा, काठमाडौं महानगरमा परियार, बालेनले लखेटेका अधिकारी कहाँ? शुक्रबार, माघ ५, २०८० सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि ती सचिवहरूको सूची शुक्रबार सार्वजनिक गरिएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए ।

दुर्गा प्रसाईँलाई चप्पल हान्नेविरुद्ध प्रहरीमा जाहेरी शुक्रबार, माघ ५, २०८० नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईँलाई बिहीबार चप्पल हान्ने व्यापारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । प्रसाईँलाई चप्पल हान्ने बागलुङ बजारका जुत्ता व्यापारी ३८ वर्षीय रामकान्त गौतमविरुद्ध स्थानीय सुनिल श्रेष्ठले शुक्रबार जाहेरी दर्ता गराएका हुन् ।

बलिउड अभिनेता पंकज त्रिपाठी भन्छन्—‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’ शुक्रबार, माघ ५, २०८० बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन् ।पंकजकाअनुसार अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन् । उनी पछिल्लो फिल्मको...

त्यो चर्चित गीत : नातिकाजी गाउन चाहन्थे, योगेशले गाइदिए शुक्रबार, माघ ५, २०८० तीन दिनअघि मात्रै वैद्यसँग आफूले कुरा गरेको स्मरण गर्दै बाँस्कोटाले भने, ‘आज अचम्म भयो, खै के भनौँ । मानिसको जीवन सोच्नै नसक्ने हुँदोरहेछ । ‘सपना भुलाइ सारा’ भन्या जस्तो’, उनी भावुक हुँदै भने, ‘यो लामो जीवनमा किन म हतास हतास छु’ उहाँले त्यस्तै गीतहरू गाउनुहुन्थ्यो । उहाँका गीतले जीवन बोकेको...

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र शुक्रबार, माघ ५, २०८० निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ । माघ ११ गते हुने निर्वाचनका लागि आयोगले सबै मतपत्रहरू छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो ।प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानी आयोगले...

गुन्जिरहेछ ‘सपना भुलाइ सारा....’ शुक्रबार, माघ ५, २०८० वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ वर्षको उमेरमा शुक्रबार सधैँका लागि आँखा चिम्लिए । नेपाली सुगम सङ्गीतका मूर्धन्य स्रष्टा वैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासि आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो । उनी सधैँका लागि अलप भए । तर शुभेच्छुहरू योगेशको महाप्रस्थान...

हेटौंडा बजार क्षेत्रको सडक विस्तार चैतभित्र शुक्रबार, माघ ५, २०८० लामो समयबाट विवादित हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान चैत्र महिनाभित्र सुरु हुने भएको छ । डिभिजन सडक कार्यालय हेटौंडा प्रमुख राजेश यादवले सडक विस्तारको कामले अब गति लिने बताएका छन् । यादवले आफूहरूले विस्तारको लागि लाग्ने खर्चको प्रस्ताव मन्त्रालयमा पेस गरिसकेको बताए । घर टहरा भत्काउनको लागि सरकारले खर्च...

गठबन्धन दललाई भाग पुर्याउन योजना आयोगमा सदस्य थपियो शुक्रबार, माघ ५, २०८० सरकारले राष्ट्रिय योजना आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सदस्य थप गर्नेसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भइसकेको छ । योजना आयोगमा एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था थियो । तर मन्त्रिपरिषद्ले आयोगमा एक महिलासहित सात सदस्य रहने निर्णय गरेको छ ।
२ सयले बढ्यो सुनको मूल्य शुक्रबार, माघ ५, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा २ सयले बढेर एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु शुक्रबार, माघ ५, २०८० भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बुधबार बिहान टेङ्नौपालमा सशस्त्र चरमपन्थीले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनमा कूल सात जनाको ज्यान...

खाजाघरमा तास खेल्दै गरेका ७ जना पनौतीबाट पक्राउ शुक्रबार, माघ ५, २०८० जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेबाट सात जनालाई पक्राउ गरेको छ । पनौती बसपार्कमा मणिक श्रेष्ठले सञ्चालन गरेको खाजाघरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








