News Griha :: न्यूजगृह
तराईमा हुस्सु र कुहिरो, यी चार प्रदेशमा हिमपात
फाइल तस्बिर।

काठमाडौं— देशका पहाडी भागमा अहिले आंशिक बदली छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०७:२१
Weather Update