News Griha :: न्यूजगृह
२९ जना सहसचिवको सरुवा, काठमाडौं महानगरमा परियार, बालेनले लखेटेका अधिकारी कहाँ? 

काठमाडौं— सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो । 
मन्त्रिपरिषद्को निर्णयपछि  ती सचिवहरूको सूची शुक्रबार सार्वजनिक गरिएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए । 

अधिकारी मधेसी आयोगको सचिव बनेका छन् । उनको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार गएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:४६
Weather Update