खाजाघरमा तास खेल्दै गरेका ७ जना पनौतीबाट पक्राउ

काठमाडौं— जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेबाट सात जनालाई पक्राउ गरेको छ ।
पनौती बसपार्कमा मणिक श्रेष्ठले सञ्चालन गरेको खाजाघरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूको साथबाट ५६ हजार ५७० रुपैयाँ नगद र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा राखेर थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १०:३५













