२ सयले बढ्यो सुनको मूल्य
काठमाडौं— साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा २ सयले बढेर एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १२:०३