भारतबाट रूस जाँदै गरेको चार्टर जहाज अफगानिस्तानमा दुर्घटना आइतबार, माघ ७, २०८०

मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु आइतबार, माघ ७, २०८० पर्साको वीरगञ्जमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् ।

यू–१९ विश्वकप : टस हारेपछि न्युजिल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल आइतबार, माघ ७, २०८० आईसीसी यू–१९ विश्वकप–२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । खेल १ : ४५ मा सुरु हुँदैछ ।समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने दुईजना पक्राउ आइतबार, माघ ७, २०८० धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नं. १९ का अशोक राउत र वडा नं. ७ का मियाज अलि छन् । उनीहरूलाई जनकपुरधाम १९ बेङ्गासिहपुरबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आधा केजी सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ आइतबार, माघ ७, २०८० त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए ।

श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या आइतबार, माघ ७, २०८० नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसराको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन्...

विदेश भ्रमणका नाममा दुई अर्ब बढी स्वाहा आइतबार, माघ ७, २०८० महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक र बाह्य गरी भ्रमण खर्च बापत दुई अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा करिब १७ प्रतिशत बढी हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका केही विदेश भ्रमणको खर्च यसमा जोडिएको छैन । प्रधानमन्त्रीले...

स्क्वायर होटलका सञ्चालक पक्राउ आइतबार, माघ ७, २०८० जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

नास्ता पसलमा जुवा खेलिरहेका ५ जना पक्राउ आइतबार, माघ ७, २०८० पक्राउ पर्नेमा वेदकोट नगरपालिका– ९ का ३० वर्षीय गोपालबहादुर भण्डारीसमेत ५ जना छन् । शुक्रबार साँझ पक्राउ परेका ऊनीहरूको साथबाट ४४ हजार ९४ रुपैयाँ र १ बुक तास बरामद गरेको छ ।

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु आइतबार, माघ ७, २०८० चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो ।

प्रधानमन्त्री स्वदेश फर्किदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द आइतबार, माघ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान दोहाबाट काठमाडौं आउँदै गर्दा काठमाडौंस्थित विमानस्थलका उडान तथा अवतरण आधा घन्टाका लागि रोकिएको हो ।

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुनेछ विद्युत अवरोध आइतबार, माघ ७, २०८० नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत अवरोध हुने जनाइएको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता आइतबार, माघ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गरेका थिए ।









