श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

काठमाडौं— नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसराको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्याको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १२:४१













