भारतबाट रूस जाँदै गरेको चार्टर जहाज अफगानिस्तानमा दुर्घटना

काठमाडौं— अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको चार्टर जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरूका अनुसार जहाजमा ६ जना यात्रु थिए ।
त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ । रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अधिकारीहरूका अनुसार उक्त जहाज चार्टर गरिएको एअर एम्बुलेन्स हो । त्यसमा ६ जना थिए ।
दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ । त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १४:२४













