नास्ता पसलमा जुवा खेलिरहेका ५ जना पक्राउ

कञ्चनपुर— भीमदत्त नगरपालिका— ४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका– ९ का ३० वर्षीय गोपालबहादुर भण्डारीसमेत ५ जना छन् । शुक्रबार साँझ पक्राउ परेका ऊनीहरूको साथबाट प्रहरीले ४४ हजार ९४ रुपैयाँ र १ बुक तास बरामद गरेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १०:४६













