यू-१९ विश्वकप क्रिकेटः आज न्युजिल्याण्डसँग खेल्दै नेपाल, यस्तो छ हेड टू हेड आइतबार, माघ ७, २०८०

यी प्रदेशमा हिमपात आइतबार, माघ ७, २०८० कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ भ्रष्ट र फन्टुस! शनिबार, माघ ६, २०८० नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाएका छन् । चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केसीले ती महिलाको हर्कतको समेत विस्तृतमा लिखित जानकारी गराएका छन् ।
![मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/saroj-kumar-yadav-madhesh-province-chief-minister-1696989454.jpg)
मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान [भिडिओसहित] शनिबार, माघ ६, २०८० बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो ।

विधिमा नबाँधिए पार्टी सुदृढ हुँदैन : रवीन्द्र मिश्र शनिबार, माघ ६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिई पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् । राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा उनले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताए ।

‘अखण्ड भारत’ को नक्सामा नेपाली भूभाग समेटिएको विषयमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ शनिबार, माघ ६, २०८० भारतीय संसद्को नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भूभाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।

केन्द्रबिन्दुमा कृष्ण सिटौला शनिबार, माघ ६, २०८० अढाइ दशकयता राष्ट्रिय र दलीय राजनीतिको केन्द्र विन्दुमा रहेका सिटौलालाई संकटमोचकका रुपमा पनि लिने गरिन्छ । कतिपय विश्लेषकहरूले सिटौलालाई देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’का रुपमा पनि बुझ्ने गरेका छन् । समन्वयकारी र सन्तुलित भूमिकाका कारण सिटौला प्रतिस्पर्धी दलका नेताहरूका पनि प्रिय मानिन्छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै माओवादीलाई शान्तिपूर्ण...

आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री महत शनिबार, माघ ६, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थाले मात्र पत्रकारिता क्षेत्र समस्यामा नपरेको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा शनिबार सम्बोधन गर्दै मन्त्री महतले सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेको बताए ।

कोशीका आन्दोलनकारीसँग वार्ता गर्न समिति गठन, छैन कांग्रेसको प्रतिनिधित्व शनिबार, माघ ६, २०८० कोशीका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको प्रतिनिधित्व नगराई कोशीका आन्दोलनकारीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेका छन् । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस कोशी प्रदेशको दोस्रो ठूलो दल हो । नामकरणका बेला कोशीका पक्षमा मतदानसमेत गरेको कांग्रेसबाट कुनै प्रतिनिधि नराखी मुख्यमन्त्रीले वार्ता समिति गठन गरेका हुन् ।
![गुगल पोइन्ट अर्थात ब्रिटिस डाँडा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/google-point-1705737613.jpg)
गुगल पोइन्ट अर्थात ब्रिटिस डाँडा [तस्बिरहरू] शनिबार, माघ ६, २०८०

अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकले दायर गरे अदालतमा मुद्दा, यस्तो छ कारण शनिबार, माघ ६, २०८० अमेरिकी गायिका म्याडोनाका दुई प्रशंसकहरूले गत महिना न्यूयोर्कमा भएको एक कन्सर्टमा दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका अशरफले दिए राजीनामा शनिबार, माघ ६, २०८० अशरफले शुक्रबार लाहोरमा व्यवस्थापन समितिको बैठकको अध्यक्षता गरेपछि राजीनामाको घोषणा गरेका हुन् । गत वर्ष जुनमा नजम सेठीले राजीनामा दिएपछि उनले पीसीबी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । अशरफको अध्यक्षतामा बसेको समितिको बैठकमा उनले पीसीबी सदस्यहरू र संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर उल हकलाई आफ्नो छोटो कार्यकालमा सहयोग गरेकोमा धन्यवाद दिए ।

हिजबुल्लाहले दियो इजरायललाई कडा चेतावनी शनिबार, माघ ६, २०८० इजरायल र हमासबीच चलिरहेको युद्धलाई लिएर हिजबुल्लाहले इजरायललाई कडा चेतावनी दिएको छ । लेबनानको इरान समर्थित आतङ्कवादी समूहका एक शीर्ष अधिकारीले युद्ध लेबनानको सीमासम्म फैलियो भने इजरायलले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।









