गुगल पोइन्ट अर्थात ब्रिटिस डाँडा [तस्बिरहरू]
इलामको रोङ गाउँपालिका ३ स्थित मेची राजमार्ग नजिकै भूमापन केन्द्र छ । जङ्गलले घेरिएको डाँडालाई स्थानीयले ब्रिटिस डाँडा वा गुगल पोइन्ट भन्ने गर्छन । यो डाँडा पछिल्लो समय चर्चामा छ ।
युवाहरू हाइकिङ र साइक्लिङ गर्दै डाँडामा उक्लिन्छन् । १८२५ मिटर उचाइमा रहेको डाँडाबाट कञ्चनजंगा लगायतका हिमशृङखला साथै झिसमिसेमा सूर्योदय दृश्यावलोकन गर्न सकिन्छ । रमणीय तराईका फाँटहरू हेरेर रमाउन सकिन्छ । मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडा चर्चित करसोङ पदमार्गसँग समेटिएको छ । पछिल्लो समय यो डाँडा पर्यटकहरूको रोजाइमा छ ।
तस्बिर: युवराज गौतम








प्रकाशित मिति: शनिबार, माघ ६, २०८० १३:४७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






