News Griha :: न्यूजगृह
आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री महत

नुवाकोट अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थाले मात्र पत्रकारिता क्षेत्र समस्यामा नपरेको बताएका छन् ।

गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा शनिबार सम्बोधन गर्दै मन्त्री महतले सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेको बताए ।

उनले भने, ‘हातहातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरू गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरूले छाडे । यो अत्यन्तै खतरनाक हो ।’

देशको आर्थिक अवस्था अप्ठ्यारो भएकाले कुनै पनि सङ्घसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि सङ्घसंस्थाको महत्वलाई बुझेर सरकारले पुनः सहयोग उपलब्ध गराउने उनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:०९
Weather Update