News Griha :: न्यूजगृह
२ करोड ३० लाख नगदसहित काठमाडौंबाट चार जना पक्राउ, हुन्डी कारोबारी भएको आशंका
२ करोड ३० लाख नगदसहित काठमाडौंबाट चार जना पक्राउ, हुन्डी कारोबारी भएको आशंका दुई करोड बढी रकमसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति काठमाडौंको क्षेत्रपाटीबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन ।
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । 
कोपा डेल रे : प्रतियोगिताबाटै बाहिरियो रियल मड्रिड, एटलेटिको क्वार्टरफाइनलमा
कोपा डेल रे : प्रतियोगिताबाटै बाहिरियो रियल मड्रिड, एटलेटिको क्वार्टरफाइनलमा रियल मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै एटलेटिको मड्रिडले कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । अन्ततः ४–२ को जित निकाल्दै एटलेटिको मड्रिडले अन्तिम ८ मा स्थान पक्का गर्दा रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
गायक तथा संगीतकार योगेश वैद्यको निधन
गायक तथा संगीतकार योगेश वैद्यको निधन बासु शशि स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशि स्मृति परिषद्का सल्लाहकार पनि हुन् । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । गायक वैद्य ७७ वर्षका थिए ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बिहीबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३८ पैसा रहेको थियो । आज कतारी रियालको मूल्य हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
झापामा भेटिइन् दादुरा संक्रमित बालिका
झापामा भेटिइन् दादुरा संक्रमित बालिका बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन् ।युगान्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेको समस्याबारे जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले युगान्डामा आफू पहिलोपटक आइपुगेको बताउँदै त्यहाँ रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू...
आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 
एरिक विष्टले आई लिग खेल्ने
एरिक विष्टले आई लिग खेल्ने एरिक जारी आई लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिमको मिडफिल्डमा राम्रो जमेका एरिकले हालै भएको नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीको मार्की खेलाडीको रुपमा गतिलो छाप छाडेका थिए ।
Weather Update