१५ जनाको उद्धार
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना

काठमाडौं— दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए ।

‘बस सडकबाट २० मिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १५ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुई जनाको खोजी भइरहेको छ ।’
दुर्घटनामा घाइते भएकाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० ०९:४२













