News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
झापामा भेटिइन् दादुरा संक्रमित बालिका

विराटनगर झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ ।

बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Prabhu Bank

बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो ।

यसैबीच, झापा गाउँपालिकाको एकै गाउँका ६ जनामा दादुरा संक्रमण देखिएपछि घरधुरी सर्वेक्षण गर्न थालिएको छ । यसबारे चेतनामूलक कार्यक्रम पनि गर्न थालिएको छ ।

झापा गाउँपालिका–७ को सन्थाल बस्तीमा दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमित चारजना महिला र दुईजना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दादुरा संक्रमण पाइन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुरा खोपको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:२०
Weather Update