मन्त्रिपरिषद्का १६ निर्णयमा केके छन् ? बिहीबार, माघ ४, २०८०

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी बिहीबार, माघ ४, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । फागुनमै संसद्मा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।

रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ बिहीबार, माघ ४, २०८० पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनी सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

एकल अङ्कले घट्यो नेप्से, ८ अर्ब बढिको कारोबार बिहीबार, माघ ४, २०८० शेयर बजार परिसुचक नेप्से बिहीबार एकल अङ्कले घटेको छ । बुधबार दोहोरो अङ्कले घटेको नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एक...

बिदा नबसेको भन्दै ५ प्रहरी जवानलाई सोधियो स्पष्टीकरण बिहीबार, माघ ४, २०८० जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार सुविधा अनुसार बिदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले बिदा बस्नलाई प्रोत्साहित गर्न खोजिएको हो ।
![बाग्लुङमा दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/hatpat-durga-prasai-1705575029.jpg)
बाग्लुङमा दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ [भिडिओसहित] बिहीबार, माघ ४, २०८० बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरू गरिरहेका छन् ।

ओलीले दिए गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा बिहीबार, माघ ४, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । पार्टीनिकट खेलकुद सङ्गठनले बिहीबार ललितपुरको च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन् । उनले जनताको बलमा मौजुदा सरकारविरुद्ध आन्दोलनको खाँचो रहेको औँल्याए ।

राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भए : मन्त्री ज्वाला बिहीबार, माघ ४, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् ।बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवको आयोजनाहरू धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुनर्विचार हुने बताएका हुन् ।

मेयरलाई धम्की दिएको आरोपमा एक जना पक्राउ बिहीबार, माघ ४, २०८० बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

मोरङ र तेह्रथुममा सवारी दुर्घटना, ४ जनाको मृत्यु बिहीबार, माघ ४, २०८० कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो ।

मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाइँ बिहीबार, माघ ४, २०८० सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी नीता गोसाइँ मृत फेला परेकी छन् । २८ वर्षीया गोसाइँ भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले बताए ।

रवि मिश्रका ३५ कार्टुन प्रर्दशनी बिहीबार, माघ ४, २०८० कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् ।

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण बिहीबार, माघ ४, २०८० आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् । अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो । तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोहीकारण उनका फ्यान रिसाएका थिए । तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो...









