News Griha :: न्यूजगृह
बाग्लुङमा दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ [भिडिओसहित]

काठमाडौं— बाग्लुङ पुगेका दुर्गा प्रसाईंमाथि कुटपिट भएको छ । कुटपिट गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए ।

उनले भने, ‘हातपात गर्ने बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’

बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरू गरिरहेका छन् ।

हेर्नुहोस् भिडिओ 
भिडिओ स्रोत : बालकृष्ण शर्माको फेसबुक । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:२२
Weather Update