News Griha :: न्यूजगृह
रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं— रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनी सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बुधबार पक्राउ गरिएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:३९
Weather Update