मेयरलाई धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं— बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अज्ञान व्यक्तिले धम्की दिएको भन्दै मेयर साहले निवेदन दिएपछि धम्की दिने व्यक्तिको खोजी गरिएको थियो ।
बुधबार पक्राउ परेका गिरीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १४:४७













