मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाइँ

काठमाडौं— सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी नीता गोसाइँ मृत फेला परेकी छन् ।
२८ वर्षीया गोसाइँ भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले बताए ।
गोसाइँ मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाइँका परिवारले ती पुरूषविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए ।
गोसाइँको केही समयपछि विवाह गर्ने तयारी थियो । गोसाइँले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १४:२२













