News Griha :: न्यूजगृह
२ करोड ३० लाख नगदसहित काठमाडौंबाट चार जना पक्राउ, हुन्डी कारोबारी भएको आशंका

काठमाडौं —  दुई करोड बढी रकमसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति काठमाडौंको क्षेत्रपाटीबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूको साथबाट दुई करोड ३० लाख नेपाली रुपैयाँ बरामद भएको छ । 

उनीहरू हुन्डी कारोबारी हुनसक्ने विभागको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:५०
Weather Update