News Griha :: न्यूजगृह
आधा केजी सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं— त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् ।

झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए । 

हिमालय एअरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:१७
Weather Update